पूर्वी नवलपरासी, वैशाख ३० :

पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको चोरमारा पुल भाँचिदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।

मध्यविन्दु नगरपालिका–७ चोरमारा बजारको पश्चिम तर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ भाग भाचिदा अहिले पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लोड गाडि पुलबाट पास हुने क्रममा पुल लच्किएर डेढ फिट तल झरेको प्रहरीले जनाएको छ ।

पुल भाचिएपछि पूर्व–पश्चिम हिडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ ।

सवारी साधनहरुको लोडको कारण गिरुवारी खोलाको पुलको विच भाग दबिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालले बताउनुभयो ।

भित्री पुरानो बाटो प्रयोग गरि अहिले साना सबारी साधन सन्चालनमा आएको प्रहरी प्रमुख ढकालले बताउनु भयो  ।

चोरमाराको गिरुवारी खोलाको पुल भाँचिएको स्थानमा हाल  पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण तर्फ तम्सरिया गाउँबाट हाल (पानि नभएको) खोला तरि रानिटार हुँदै फुलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिने छ ।

पश्चिमबाट आएका सवारी साधनको हकमा फुलबारीबाट दक्षिण लागि रानिटार,तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने बैकल्पिक बाटोहरुको प्रयोग गरी आवतजावत संचालन गरिएको छ ।

ठुलो सबारी साधन,लोड गाडी र टेलरहरु भित्री बाटोमा मोड नपुग्ने हुँदा रोकिएको र अन्य बैकल्पिक मार्गको प्रयोग गरि यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ l