शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
समाचार राजनीति

साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आईएससीसँग मिलेर काम गर्न सरकार तत्पर छ : ओली

प्रधानमन्त्रीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आईएससीसँग मिलेर काम गर्न सरकार तत्पर छ : ओली
काठमाडौं, वैशाख ३० :

प्रधानमन्त्री केपी ओलीसँग ‘अन्तर-संसदीय सभामुख सम्मेलन’ (आईएससी) का सहभागीले आज (मंगलबार) भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आईएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताएका थिए ।

भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा. मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ सियनका साथै जापानका (आईएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी थिए ।

यस्तै नेपाली प्रतिनिधिका रुपमा (आईएससी) का नवनियुक्त महासचिव एवं नेपालका सांसद एकनाथ ढकाल, नेकपा (एमाले) का सचेतक सुनीता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायतको सहभागिता थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार