काठमाडौं, वैशाख ३० :
आगामी जेठ ६ गते संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका त्यस बारेमा जानकारी दिएका हुन् । सभामुख घिमिरेका अनुसार त्यस दिन सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा प्रश्न सोध्नेछन्।
सभामुख घिमिरेले यसअघि नै समूह विभाजन भइसकेको समूह १० का सांसदहरूलाई नियमावलीको नियम ५८ अनुसार जेठ २ गतेसम्म लिखित प्रश्न पेस गर्न पनि आग्रह गरेका छन्।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम ९ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ