वैशाख ३१ :

पनौतीमा बाढीले बगाएर बेपत्ता भएकी महिलालाई अझै फेला पार्न सकिएको छैन् ।  सोमबार आएको बाढीले बगाएर  पनौती नगरपालिका वडा नं ५ स्थित सुब्बा गाउँकी ३३ वर्षीया रेणुका गिरी बेपत्ता भएकी छिन्।

बेपत्ता भएकी महिलाको आज बिहानैबाट नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सो दिन आएको बाढीले  बन्दै गरेका दुई वटा पुलमा क्षति पुर्याएको छ ।वडा नम्बर ९ मा बन्दै गरेको एउटा पुल र १० र ११ नम्बर वडाको सिमानामा बनेको अर्को पुलमा क्षति पुर्याएको छ । बाढीले वडा नम्बर २, ३, ४, ५, ६,, ७, ८, ९, १० बढी प्रभावित भएको पनौती नगरपालिकाले जनाएको छ ।