
अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामाथि लगाइएका सबै प्रतिबन्ध हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रियादमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा साउदी अरेबिया बलियो साझेदार रहेको समेत बताएका छन् ।
भ्रमणको पहिलो दिन अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौताको घोषणा गरिएको छ । अन्य लगानीका लागि १० खर्ब अमेरिकी डलर बराबरको लगानी हुने अनुमान गरिएको छ ।
मङ्गलबार साउदी अरबमा ट्रम्पको एक भव्य रुपमा स्वागत गरिएको थियो ।
ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई प्रोत्साहन गर्न विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।
संबोधनका क्रममा ट्रम्पले साउदी अरबलाई अब्राहम सम्झौतामा सामेल हुने आफ्नो सपना भएको बताएका छन् । जुन सम्झौता उनको पहिलो प्रशासनमा पनि गरिएको थियो । जसले इजरायल र केही खाडी देशहरूसँगको सम्बन्धलाई पहिलो पटक सामान्य बनाएको थियो।तर मोहम्मद बिन सलमानले भने कि जबसम्म गाझामा युद्धमा स्थायी अन्त्य हुँदैन र पलिस्तिनी राज्यको स्पष्ट मार्ग हुँदैन तबसम्म यो हुन सक्दैन ।