काठमाण्डौं, वैशाख ३१ :

काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो  । मृतकको पहिचान खुलेको छैन । उहाँले भन्नुभयो “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ ।सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।” 

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।