
काठमाण्डौं, वैशाख ३१ :
काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो ।काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र,नेपाली सेना,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो ।
घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।