शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति बागमती प्रदेश

‘बजेटमा लैंगिक समावेशीकरणलाई ध्यान दिउँ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
‘बजेटमा लैंगिक समावेशीकरणलाई ध्यान दिउँ’
पाटन, वैशाख ३१ :

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बताएका छन् ।

प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा आज (बुधबार) ललितपुरमा आयोजित प्रदेशसभाका महिला सदस्यहरूका लागि सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कार्यक्रमको उद्देश्य लैंगिक समानता र समावेशीकरणका साथै बजेट निर्माणमा लैंगिक समावेशीकरणलाई जोड दिएर अभिमुखीकरण गर्ने भएको बताए ।

‘प्रदेशसभामा  महिलाहरूको उल्लेख्य सहभागिता छ, अबको समयमा समावेशीकरणमा ठूलो फड्को मार्नेछ भन्ने आशा छ, यस्ता अभिमुखीकरणबाट प्राप्त हुने ज्ञानले सबै वर्ग, समुदाय, जातजाति र लिङ्गबीच समान्जस्यता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने ।  

कार्यक्रममा बागमती प्रदेसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा भएको यो कार्यक्रम आयोजना हुनु सकारात्मक रहेको धारणा राखे । उनले भने, ‘समावेशीकरण संविधानको सुन्दर पक्ष हो । राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनु सकरात्मक छ । तर महिलाभित्रको असमान अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने पनि चुनौती छ, अब समावेशीकरणसँगसँगै महिलाहरूको आर्थिक सक्षमता अभिवृद्धिका लागि पनि जोड दिनुपर्छ । अब महिलाहरूको प्रतिनिधित्व ५१ प्रतिशत पुर्याउन सक्नुपर्छ, दक्षिण एसियामा मात्र होइन, एसियामै महिला सहभागिताको सन्दर्भमा हामी अगाडि छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ ।’

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले सकरात्मक सोचको विकास हुँदा जिम्मेवारीमा रहेर सहजै कार्यसम्पादन गर्न सकिने विश्वास व्यक्त गरिन् । उनले महिला सदस्यलाई सामाजिक समावेशीकरणको अभिमुखीकरण गर्दा आगामी दिनमा तय हुने वार्षिक बजेट र नीति तथा कार्यक्रमलाई लैंगिकमैत्री बनाउन प्रभावकारी हुने धारणा राखिन् ।

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले नेपालको संविधानले अवलम्बन गरेको समावेशीकरणको अवधारणामा रहेर योजना तथा बजेट निर्माणका विषयमा केन्द्रित रहेर सामाजिक समावेशीकरणसम्बन्धी नीतिगत व्यवस्थाका लागि काम गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार