बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
खेलकुद क्रिकेट

स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ सिरिज खेल्ने नेपाली टोलीको बिदाइ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौं, वैशाख ३१ :

स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-ट्वेन्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले मूलपानीमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । कप्तान रोहितकुमार पौडेलबाहेक अरु सबै खेलाडी उपस्थित थिए । उनी कक्षा १२ को परीक्षामा सहभागी भएका कारण बिदाइ कार्यक्रममा उपस्थित हुन नसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टोली आज (बुधबार) साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दै छ ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२० आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलसन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ सेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार