
काठमाण्डौं, वैशाख ३१ :
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको सो भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको बताईएको छ ।