
कास्की, वैशाख ३१ :
पोखरा महानगरपालिका–२२ स्थित विश्व शान्ति स्तुपाबाट फर्किंदै गरेको बस बुधबार दिउँसो दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
ग १ ख ३८८६ नम्बरको बस सडकको घुम्तीमा पल्टिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ भने बाँकीको अवस्था सामान्य रहेको छ।
दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ। बसमा चढेका अधिकांश भारतीय पर्यटक थिए। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ।
