बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार अर्थतन्त्र

टिचिङ अस्पताल र पनिकाको स्रेस्तामा रकम छ, खातामा छैन ! [प्रतिवेदनको पूर्ण पाठ]

पनिकाको वित्तीय विवरणअनुसार ९९ करोड ९९ लाख ८२ हजार मौज्दात देखिए पनि बैंकमा १० करोड १० लाख ३४ हजार रुपैयाँ कम मौज्दात छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
टिचिङ अस्पताल र पनिकाको स्रेस्तामा रकम छ, खातामा छैन ! [प्रतिवेदनको पूर्ण पाठ]
काठमाडौं, वैशाख ३१ :

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्ज र परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुको स्रेस्तामा रहेको भन्दा बैंक खातामा ३० करोड रुपैयाँ कम मौज्दात रहेको पाइएको छ।

महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनले छानबिन गरी बैंकमा कमी देखिएको रकम असुलउपर गर्न सुझाएको हो । बुधबार सार्वजनिक भएको प्रतिवेदनअनुसार टिचिङ अस्पतालको २० करोड ४१ लाख ७४ हजार र पनिकाको १० करोड १० लाख ३४ हजार रुपैयाँ गायब देखिएको हो ।

‘शिक्षण अस्पतालको आर्थिक वर्ष ०८०/८१ को विवरणअनुसार ९४ करोड ७८ हजार मौज्दात देखिएको छ । तर स्रेस्तामा उल्लेखित रकमभन्दा बैंकमा २० करोड ४१ लाख ७४ हजार रुपैयाँ कम मौज्दात देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विगतदेखि नै सबै खाताको बैंक हिसाब मिलान विवरण तयार नगरेको हुँदा छानबिन गरी कमी देखिएको रकम असुल गर्नुपर्दछ ।’

आर्थिक वर्ष २०८०/८१ मा ९१ अर्बभन्दा बढी बेरुजु

त्यस्तै प्रतिवेदनअनुसार पनिकाको वित्तीय विवरणअनुसार ९९ करोड ९९ लाख ८२ हजार मौज्दात देखिए पनि बैंकमा १० करोड १० लाख ३४ हजार रुपैयाँ कम मौज्दात छ ।

महालेखाले आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आव ०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार