
काठमाण्डौं, जेठ १ :
चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर लागेको आगो नियन्त्रणमा आएको छ ।
आज बिहान करिब ५:३० देखि आगो लागेको प्रहरीले जनाएको छ ।
आगो निभाउन नेपाली सेना,सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीय लगायत लागिपरेका थिए ।
आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण,नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत वटा दमकल प्रयोग गरिएका थियो ।