काठमाण्डौं, जेठ १ :

भोलीबाट काठमाण्डौंमा सुरु हुने सगरमाथा संवादमा सहभागी हुने विदेशी पाहुनाहरुको आगमन सुरु भएको छ । 

यसैबीच चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँ सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो ।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।

सगरमाथा संवाद भोलिदेखि ४ गतेसम्म यहाँ हुँदैछ ।