जेठ २ :
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ वसन्तपुरमा दुई जना महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
मर्निङवाकमा निस्किएका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान करिब ५:४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल,तौलिहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।
कार चालक रुपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।