काठमाण्डौं, जेठ २ :

उत्तरी गाजामा शुक्रबार  इजरायली स्थल,हवाई र समुद्री आक्रमणमा परी बालबालिका सहित करिब १ सय जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित नागरिक सुरक्षा र स्थानीयबासिन्दाले बताएका छन् ।

नागरिक सुरक्षा निकायका अनुसार कम्तीमा नौ वटा घर र टेन्टमा रातभर बमबारी गरिएको थियो ।  

इजरायली सेनाले उत्तरी गाजामा आतङ्कवादी पूर्वाधार स्थलहरू पत्ता लगाउन र नष्ट गर्न काम गरिरहेको र धेरै आतङ्ककारीहरूलाई मारेको बताएको छ।

गत मार्चमा इजरायलले पुनः आक्रमण सुरु गरे यता उत्तरी गाजामा भएको यो सबैभन्दा ठूलो स्थल आक्रमण हो । सुतिरहेको अवस्थामा अचानक  तीव्र बमबारी भएको र  रातभरि नै बमबारी भएको एक स्थानीयले बताएका छन् ।