काठमाडाैं, जेठ ३ :

बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही शनिबार बिहान काठमाडौं आइपुगेकी छन्।

शनिबार साँझ बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।

कार्यक्रममा नोरा फतेहीसँगै गायक दुर्गेश थापा, तेरिया मगर, चन्द्रकला राईलगायत पाँच कलाकारले प्रस्तुति दिनेछन्। दुर्गेश थापासँग नोराको विशेष प्रस्तुति रहने आयोजकले जनाएका छन्। 

वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको आयोजनामा हुन लागेको कार्यक्रममा नोरालाई ल्याउन करिब ३ करोड रुपैयाँ खर्च गरिएको छ।