लमजुङ, जेठ ३ :

तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी हानाहान हुँदा ३ जना घाईते भएका छन् ।

जिल्ला सदरमुकाममा आज दिउँसो अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेका थिए ।  कार्यक्रम गरिरहेको समुह र कार्यक्रम विथोल्ने समुहबीच कार्यक्रम स्थलमा नै झडप भएको हो । कुर्ची हानाहान समेत भएको थियो ।  त्यसपछि स्थिति तनावपूर्ण बनेको थियो ।  

अहिले दुबै पक्षबीच वार्ता भईरहेको बताईएको छ ।  

अधिवेशनलाई लिएर लमजुङ लरुणदलमा  विवाद भइरहेको थियो ।