
काठमाडौं, जेठ ४ :
बङ्गलादेशले भारतमाथि आफ्नो नागरिकहरूलाई जबरजस्ती सीमा पार गराएर फिर्ता पठाउने प्रयास गरेको आरोप लगाएको छ।
बङ्गलादेशको सीमा सुरक्षा बल (BGB) का २५औं बटालियनका कमान्डर लेफ्टिनेन्ट कर्नेल जब्बार अहमदले भारतबाट कथित अवैध बङ्गलादेशी नागरिकहरूलाई धकेलिएको दाबी गरेका हुन्।
बङ्गलादेश सीमा सुरक्षाका एक अधिकारीका अनुसार भारतबाट केही मानिसलाई ब्राह्मणबारिया सीमाबाट धकेल्ने प्रयास गरिएको थियो। तर, सुरक्षा बल र स्थानीयबासीको सहयोगमा त्यो प्रयास रोकिएको थियो।
बङ्गलादेशका गृह सल्लाहकारले भारतलाई यस्तो काम नगर्न र कानुनी तरिकाले नागरिक फिर्ता गर्न अनुरोध गरेका छन्। -बीबीसी हिन्दी