बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

इच्छाराजले थुनाबाहिर बसेर पुर्पक्ष गर्न सर्वोच्चबाट पाएनन् आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ जेठ, २०८२ मा प्रकाशित
इच्छाराजले थुनाबाहिर बसेर पुर्पक्ष गर्न सर्वोच्चबाट पाएनन् आदेश
काठमाडौं, जेठ ४ :

सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरेको छ।

न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले तामाङको थुनाबाट मुक्तिको निवेदन खारेज गर्दै विशेष अदालतको फैसला यथावत् राखेको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तामाङले पुर्पक्ष थुनाबाहिरै बस्न पाऊँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए। तर, विशेष अदालतबाट पहिले नै फैसला भइसकेको भन्दै सर्वोच्चले कानुनबमोजिम अघि बढ्न आदेश दिएको हो।

विशेष अदालतले २०८० फागुन २१ गते तामाङलाई दोषी ठहर गर्दै १ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनलाई ३ अर्ब ३१ करोड बिगो गर्दै जग्गा र सम्पत्ति जफत गर्न माग दाबी गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार