बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
खेलकुद क्रिकेट

यूएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल क्वालिफायरमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ जेठ, २०८२ मा प्रकाशित
यूएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल क्वालिफायरमा
काठमाडौं, जेठ ५ :

नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोटको सुपर थ्री अन्तर्गत यूएईलाई पाँच विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो ।

टर्डथाई क्रिकेट मैदानमा यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । कप्तान इन्दु वर्माले अविजित ३० रन बनाउँदै नेपाललाई जित दिलाइन् । रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान दिइन् ।

यसअघि ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । यूएईका इसा ओजाले सर्वाधिक ३९ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । कविता कुँवरले दुई र राजमती ऐरीले एक विकेट लिइन् ।

यो जितसँगै नेपालले एक खेल अगावै ग्लोबल छनोटमा स्थान बनाएको छ । अब थाइल्याण्डसँगको खेलको परिणामले नेपालको स्थानमा असर पार्ने छैन ।

यसैबीच, यूएईलाई ५४ रनले पराजित गर्दै थाइल्याण्डले पनि ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार