काठमाडौं, जेठ ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।

यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने इजलासमा परेपछि सोमबार हेर्न मिल्ने इजलासमा पेसी तोकिएको हो । लामिछानेको रिट आज ‘घ’ नम्बरमा छ, जसअघि भ्रष्टाचार र अन्य बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाहरू छन् ।

सहकारी ठगी र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका लामिछाने हाल भैरहवा कारागारमा छन् ।