तनहुँ, जेठ ६ :

रुकुम पश्चिमबाट आएको बस  बन्दीपुर नगरपालिका–१ डुम्रे नजिकै  टिपरसंग आज बिहान ठोक्किदा सात जना  घाइते भएका छन् ।

घाइते हुनेहरुमा  दुर्घटनामा रुकुम पश्चिम मुसिकोट नगरपालिका-का ३५ वर्षीय चन्द्रबहादुर रावल,बाँकेकोट गाउँपालिका ७ का ४९  वर्षीय हरिसचन्द्र खत्री,बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली,सानीभेरी नगरपालिका-४ की  १७ वर्षीया बिन्दु वली,५० वर्षीय भद्रबहादुर वली,  टिपर चालक तनहुँका  ४४ वर्षीय शंकर अधिकारी र ३५ वर्षीया शर्मिला पाण्डे रहेका छन् ।

घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।