काठमाडौं, जेठ ६ :

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

यसअघि पटक–पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेकाले सुनुवाइ हुन नसकेको रिट आज दोस्रो नम्बरमै पेशी परेको छ, जसले गर्दा आजै सुनुवाइ हुने सम्भावना छ । लामिछानेसँगै थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीको रिट पनि सोही इजलासमा तोकिएको छ ।