बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ६ जेठ, २०८२ मा प्रकाशित
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी
काठमाडौं, जेठ ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण  रिटमा सातौं पटकमा आएर सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो। लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले गत वैशाख ७ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिइन्।

यसअघि सो रिट ६ पटकसम्म 'हेर्न नमिल्ने' सूचीमा परेपछि सुनुवाइ हुन सकेको थिएन। अन्ततः सातौं प्रयासमा आएर मुद्दामा सुनुवाइ सुरु भएको हो।

रिटमार्फत लामिछानेलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै उनलाई अदालतमा उपस्थित गराउन माग गरिएको छ। अब अदालतले यसबारे के निर्णय लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार