
मकवानपुर, जेठ ७ :
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न १६ मा जमिनमा दबिएको गाडीको पाट पुर्जा फेला परेको छ । करिब १० मिटर मुनि उत्खनन् गर्ने क्रममा गाडीको पार्टपुर्जाहरू फेला पारिएको हो ।
क्रेन र स्काभेटर प्रयोग गरेर खोजी गर्ने क्रममा गाडीका पार्टपुर्जाहरू फेला परेको बताईएको छ । काठमाडौँबाट खटिएको भूगर्भ विद्को टोलीले गरेको अध्ययनले गाडी त्यही खाल्डोमा दबिएको निष्कर्ष निकालेको थियो।
जमिनमा दबिएको कारण गाडी पूर्ण रुपमा क्षति भएको अवस्थामा टुक्राटुक्रा फेला परेको हो । गाडी हेटौँडाको गौरी गाउँस्थित कच्ची सडकको पानी सहितको हिलोमा गत वैशाख १९ गते हिलो सहितको जमिनमा हराएको थियो ।