
भारतको केन्द्रीय राज्य छत्तीसगढमा भारतीय सुरक्षा बलहरूसँगको भिडन्तमा माओवादीका एक शीर्ष नेता मारिएका छन्।
नम्बाला केशव राव जसलाई बासवराजु लगायतका विभिन्न उपनामले पनि चिनिन्छ । बुधबार भएको भिडन्तमा मारिएका २७ विद्रोहीमध्ये उनी एक भएको भारतीय गृह मन्त्री अमित शाहले बताएका छन्।
भिडन्तमा एक प्रहरी अधिकृतको पनि ज्यान गएको समाचार छ।
शाहका अनुसार तीन दशकपछि पहिलो पटक यति उच्च तहको माओवादी नेता सरकारी सुरक्षाकर्मीहरूद्वारा मारिएको हो।
छत्तीसगढका केही भागहरूमा लामो समयदेखि माओवादी विद्रोह चलिरहेको छ।
विद्रोहीहरूले दशकौँदेखि आफूहरूलाई सरकारले बेवास्ता गर्दै आएको आरोप लगाउँदै आएका छन्। भारतीय सरकारले यो विद्रोहलाई मार्च २०२६ सम्ममा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
राव प्रतिबन्धित कम्युनिष्ट पार्टी अफ इन्डिया (माओवादी) समूहका महासचिव हुन् । उनी राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को सबैभन्दा खोजी गरिएको व्यक्ति थिए ।
गत महिना भारतीय सरकारले ब्ल्याक फरेस्ट नामक ठूलो सैन्य अभियान सुरु गरेको थियो । जसले उक्त समूहलाई लक्षित गरेको थियो।