शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति प्रदेश मधेस प्रदेश

मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन : कुशवाहा र यादवको शपथ

· शुक्रबार, ९ जेठ, २०८२ मा प्रकाशित
मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन : कुशवाहा र यादवको शपथ
धनुषा, जेठ ९ :

मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिजो साँझ आयोजित एक समारोहमा  नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराउनुभएको छ । कुशवाहालाई उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छभने यादवले वन तथा वातावरण मन्त्रालय सम्हाल्नुभएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा मधेस सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको हो । नेपालको संविधानको धारा १६८ (९) बमोजिम गठित यो नयाँ मन्त्रिमण्डलमा अब १२ सदस्यीय मन्त्रीहरू रहेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्रीमा सतिशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादव रहनुभएको छ ।

कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीका रूपमा कार्यानुभव हासिल गरिसक्नुभएको छ भने यादव पहिले राज्यमन्त्रीको भूमिकामा रहेर सरकार सञ्चालनमा संलग्न हुनुहुन्थ्यो ।

जनमत पार्टीका प्रवक्ता डा शरद सिंह यादवका अनुसार यो पुनर्गठन नियमित कार्यप्रणालीअन्तर्गत भएको हो । “हामी सबैको पालो आउँछ भन्ने सोचले अघि बढेका छौँ । नयाँ मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना छ”, उहाँले भन्नुभयो ।

यसअघि पनि उक्त दुवै मन्त्रालय जनमत पार्टीबाटै रहेको थियो । पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार