काठमाडौं, जेठ ९ :

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले दुई डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र नीलम ढुंगानाको जिम्मेवारी हेरफेर गरेका हुन् । आर्थिक अनुसन्धान, बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण, मौद्रिक व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरिवेक्षण, बैंकिङ, भुक्तानी प्रणाली विभाग, मानव संसाधन विभाग र वित्त व्यवस्थापन विभागको जिम्मेवारी मिश्रलाई दिएका छन् ।

यसैगरी गभर्नर पौडेलले ढुंगानालाई बैंक तथा वित्तीय संस्था नियमन विभाग, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थपन, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग र वित्तीय व्यवस्थापनको जिम्मेवारी तोकेका हुन् ।