
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघबाट आयात हुने सामानमा ५० प्रतिशत शुल्क लगाउने धम्की दिएका छन्।
उनले हालको व्यापार वार्तामा कुनै प्रगति नभएको भन्दै यस्तो निर्णय गर्न लागेको बताएका छन्।
इयुका शक्तिशाली व्यापार अवरोधहरू,भ्याट करहरू,हास्यास्पद कर्पोरेट जरिवाना,गैर-आर्थिक व्यापार अवरोधहरू,मौद्रिक हेरफेरहरू,अमेरिकी कम्पनीहरू विरुद्धको अन्यायपूर्ण मुद्दाहरू र अन्य धेरै कुराहरूले गर्दा अमेरिकासँगको व्यापार घाटा वर्षेनी २५० अर्ब अमेरिकी ठलर भन्दा बढी पुगेको छ,जुन पूर्ण रूपमा अस्वीकार्य छ,उनले शुक्रबार बिहान ट्रुथ सोसलमा लेखेका छन्।
उनले लेखेका छन् "हामीसँगको वार्ता कतै जाँदैन,त्यसैले २०२५ को जुन १ देखि लागू हुने गरी युरोपेली संघमाथि सिधा ५० प्रतिशत शुल्क सिफारिस गर्दैछु।"
युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले तत्काल कुनै टिप्पणी गर्न मानेनन्। उनले युरोपेली व्यापार आयुक्त मारोश शेफकोभिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरबीचको कुराकानीपछि प्रतिक्रिया दिने बताए। उनले यो कुराकानी कहिले हुने हो भन्ने खुलाएका छैनन्।
ट्रम्पको सामाजिक संजालमा पोस्टपछि अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले एक टिभी अन्तर्वार्तामा बोल्दै इयुका प्रस्तावहरू अन्य महत्त्वपूर्ण व्यापार साझेदारहरूका प्रस्तावहरू जत्तिको गुणस्तरका छैनन्। उनले थपे कि इयुसँग सामूहिक कार्यको समस्या छ।
राष्ट्रपति ट्रम्पलले अमेरिका बाहिर निर्मित आइफोनहरूमा कम्तिमा २५ प्रतिशत आयात कर लगाउने धम्की पनि दिएका छन्।
ट्रम्पको पोस्ट पछि युरोपेली स्टक बजारमा भारी गिरावट आएको समाचार छ ।