
मकवानपुर, जेठ १० :
काठमाडौं प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथअन्तर्गत नागढुंगा-नौबिसे सडक १६ दिन आंशिक रूपमा बन्द हुने भएको छ ।
नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले यसअघि नै सूचना जारी गरी नागढुंगा-नौबिसे खण्डको नागढुंगा-पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म सवारीसाधनको आवतजावत रोकिने भएको हो ।
उक्त समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ जाने सवारीसाधन खानीखोला बजारमा रोकिनेछन्।
सडक योजनाका अनुसार दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध सञ्चालन हुनेछन् ।
-फाइल तस्बिर