बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० जेठ, २०८२ मा प्रकाशित
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक
काठमाडौं, जेठ १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेको विषयमा सर्वोच्चको आदेशपछि रास्वपाले शनिबार बस्ने गरी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको हो ।

सचिवालय बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ भने केन्द्रीय समिति बैठक भने अपराह्न ४ बजे बोलाइएको छ । यी दुवै बैठक भर्चुअल रुपमा बस्ने रास्वपाले जनाएको छ ।

यसैगरी पार्टीको केन्द्रीय समिति बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने पनि रास्वपाले जनाएको छ । उसो त रास्वपाले पार्टी सभापति लामिछानेका सम्बन्धमा सर्वोच्चले आदेश जारी गरेसँगै केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठक शुक्रबार राति नै बसेको थियो ।

सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार