जेठ १० :
डोल्पामा यार्सा सङ्कलन गर्न गएको समूह बिच झडप भएको खबर छ ।
आज दिउँसो डोल्पाको ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुईवटा समूहबिच झडप भएको प्रहरीले जनाएको छ ।
दुई समुहबीच सीमाको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ ।पूर्वी रुकुम र डोल्पाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनका क्रममा विवाद भएको हो ।
करिब सात सय जनाको संख्यामा मानिसहरु रहेको बताईएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको र अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।