काठमाडाैं, जेठ १० :

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार साँझ नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा परिवारसहित पूजाअर्चना गरेका छन्।

उनीसँग पूर्वरानी कोमल शाह, नाति हृदयेन्द्र शाह र डा. जगमान गुरुङ समेत सहभागी थिए। पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार, हृदयेन्द्रले हजुरआमा रत्न राज्यलक्ष्मीलाई भेट्ने इच्छा व्यक्त गरेपछि पूर्वराजा परिवारसहित नारायणहिटी गएका हुन्।

पाठकका अनुसार पूर्वराजा शाहको परिवारले उक्त मन्दिरमा नियमित रूपमा दर्शन तथा पूजाआजा गर्दै आएको छ। सर्वसाधारणका लागि समेत खुला रहेको यो मन्दिर नारायणहिटी दरबार संग्रहालय परिसरमै अवस्थित छ।