झापा, जेठ ११ :

विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको मृत्यु भएको छ ।

माङसेबुङ गाउँपालिका ५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको मृत्यु भएको हो ।

बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू बिरामी परेका थिए ।

मनीषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो । लावतीको आज (आइतबार) बीएन्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।