बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार अर्थतन्त्र विदेश

ट्रम्पले युरोपसँगको व्यापार सम्झौताको समयसीमा बढाए, यस्तो दिए कारण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
ट्रम्पले युरोपसँगको व्यापार सम्झौताको समयसीमा बढाए, यस्तो दिए कारण
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले आइतबार ट्रम्पसँग फोनमा कुराकानी गरेकी थिइन् । गेट्टी इमेज
काठमाडौं, जेठ १२ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघसँग करसम्बन्धी वार्ताको समयसीमा बढाउन सहमति जनाएका छन् । उनले आफ्नो ट्रुथ सोसल अकाउन्टमा यसबारे जानकारी दिएका हुन् ।

ट्रम्पले युरोपेली संघसँग करसम्बन्धी वार्ताको समयसीमा जुलाई ९ सम्म बढाउन सहमत भएको बताएका छन् ।

यसअघि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि आइतबार ट्रम्पसँग फोनमा कुराकानी भएको जानकारी दिएकी थिइन् ।

उर्सुला भोन डेर लेयनले एक्समा लेखेकी छिन्, ‘राष्ट्रपति ट्रम्पसँग राम्रो कुराकानी भयो । ईयू र अमेरिकाको संसारमा सबैभन्दा महत्त्वपूर्ण र घनिष्ठ व्यापार सम्बन्ध छ । युरोप वार्तालाई छिटो र निर्णायक रूपमा अगाडि बढाउन तयार छ । राम्रो सम्झौतामा पुग्न हामीलाई जुलाई ९ सम्म चाहिन्छ ।’

उर्सुलासँगको फोनबारे पनि ट्रम्पले खुलासा गरेका छन् । उनले ट्रुथ सोसियलमा लेखेका छन, ‘आज मलाई युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनबाट फोन आएको छ, जसमा उनले मलाई व्यापार र युरोपेली संघको सम्बन्धमा ५० प्रतिशत करका लागि जुन १ को समयसीमा बढाउन आग्रह गरेकी छिन् । म जुलाई ९, २०२५ सम्मको समयसीमा बढाउन सहमत भएको छु ।’

गत महिना ट्रम्पले अधिकांश ईयू सामानहरूमा २० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । पछि वार्ताका लागि समय दिँदै जुलाई ८ सम्ममा भन्सार दर १० प्रतिशतमा घटाइयो ।

यद्यपि शुक्रबार ट्रम्पले युरोपेली संघसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत कर (ट्यारिफ) लगाउने धम्की दिए । त्यसपछि अब वार्ताको समयसीमा बढाइएको खबर आएको छ । -बीबीसी

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार