बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति भिडियो

भिजिट भिसा प्रकरण : कांग्रेसले भन्यो- गृहमन्त्रीको संलग्नता छैन, राजीनामा दिनु पर्दैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
भिजिट भिसा प्रकरण : कांग्रेसले भन्यो- गृहमन्त्रीको संलग्नता छैन, राजीनामा दिनु पर्दैन
पदाधिकारी बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महत ।
काठमाडौं, जेठ १२ :

नेपाली कांग्रेसले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा संलग्नता नरहेको जनाएको हो । साथै लेखकले गृहमन्त्री पदबाट राजीनामासमेत दिनुनपर्ने निष्कर्ष निकालेको छ । पार्टीभित्रै पनि लेखकको राजीनामा माग भइरहेका बेला पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘उहाँ निर्दोष हुनुहुन्छ । भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन भन्ने कुरामा हामी विश्वस्त छौं,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने,  ‘छानबिनको दायरामा गृहमन्त्री हुनुहुन्नु, उहाँमाथि उजुरी छैन । उहाँलाई दोषी भन्न मिल्दैन ।’

आफ्नै पार्टीबाट गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणको आरोपमा मुछिएको र उनको राजीनामा मागिएका बेला कांग्रेस पदाधिकारी बैठक बसेको हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार