बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

घनश्याम भुसाल भन्छन्- अस्थिरताको कारक पूर्वराजा होइनन्, गणतन्त्रवादी नेता हुन्

‘प्रचण्ड सत्ता संकट देखिएपछि जहिले पनि सबै कार्यक्रम छाडेर काठमाडौं फर्कन्छन्’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
घनश्याम भुसाल भन्छन्- अस्थिरताको कारक पूर्वराजा होइनन्, गणतन्त्रवादी नेता हुन्
नेकपा (एस) का महासचिव घनश्याम भुसाल । फाइल तस्बिर।
धनगढी, जेठ १२ :

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले हालको राजनीतिक अस्थिरताका लागि पूर्वराजा होइन, गणतन्त्रवादी नेताहरू नै जिम्मेवार रहेको दाबी गरेका छन्।

धनगढीमा सोमबार आयोजित पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को ध्यान जनताको समस्याभन्दा सत्तामा केन्द्रित रहेको टिप्पणी गरे।

‘प्रचण्ड जहाँ-जहाँ अभियानमा जान्छन्, सत्ता संकट देखिएपछि सबै कार्यक्रम छाडेर काठमाडौं फर्कन्छन्," भुसालले भने, "उहाँ सधैं सत्ता जोगाउने उपायमै लाग्नुभएको छ।’

उनले प्रचण्ड नेतृत्वको माओवादी पार्टीले जुनसुकै अभियान चलाए पनि त्यसको उद्देश्य सत्ताबाट हटाइएको आक्रोश पोख्ने बाहेक केही नभएको बताए।

भुसालले नेपाली कांग्रेस र नेकपा (एमाले) को अहिलेको सत्ता गठबन्धन पनि स्थिरता वा संविधान संशोधनको नाममा नभई ‘सत्ता दोहन’ का लागि बनेको जिकिर गरे।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ‘समृद्ध नेपाल, सुखी नेपाली’भन्ने नाराको मर्म नबुझेको समेत आरोप लगाए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार