बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
खेलकुद

आर्मीलाई रग्बी उपाधि, एपीएफ बन्यो उपविजेता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
आर्मीलाई रग्बी उपाधि, एपीएफ बन्यो उपविजेता
काठमाडौं, जेठ १२ :

त्रिभुवन आर्मी क्लबले प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफलाई २०-५ ले पराजित गर्‍यो । उपाधिसँगै आर्मीले १ लाख नगद पुरस्कार हात पार्‍यो भने एपीएफले ५० हजार नगद पुरस्कार पायो ।

सहिद स्मृति स्पोर्टस् एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोग तथा व्यवस्थापनामा भएको प्रतियोगितामा आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी घोषित भइन् । सोरेनले ७ हजार नगद पुरस्कार पाइन् ।

विजेतालाई पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, माओवादी केन्द्र झापा जिल्लाका इन्चार्ज रन्जित तामाङ, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकेडेमीले प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीपछि ब्याडमिन्टन, फुटसल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार