
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
सरकारले चार सचिवको सरुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।
जसअनुसार स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा प्रदेशका सचिव महादेव पन्थलाई ल्याएको छ । त्यसैगरी राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले सहसचिव भूपाल बराललाई सचिवमा बढुवा गरेको छ । प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए ।