शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार विदेश

लिभरपुलको भिडमा कार ठोक्किँदा दर्जनौं व्यक्ति घाइते

· मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
लिभरपुलको भिडमा कार ठोक्किँदा दर्जनौं व्यक्ति घाइते
काठमाण्डौं, जेठ १३ :

लिभरपुल फुटबल क्लबको प्रिमियर लिग ट्रफी परेडका क्रममा कारले समर्थकहरूलाई ठक्कर दिँदा चार बालबालिकासहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।

बेलायत प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति लिभरपुल क्षेत्रका ५३ वर्षका सेतो ब्रिटिश नागरिक रहेको प्रहरीले जनाएको छ । उनी नै गाडी चलाउने चालक भएको विश्वास गरिएको छ। अधिकारीहरूले यो घटना आतङ्कवादी हमला नभएको बताएका छन्।  प्रहरीले घटनाको परिस्थितिबारे अनुमान नगरिदिन समेत आग्रह गरेको छ।

उत्तर पश्चिम एम्बुलेन्स सेवा एनएचएस ट्रस्टका प्रमुख डेभिड किचिनले पत्रकार सम्मेलनमा जानकारी दिँदै कुल २७ जनालाई अस्पताल लगिएको बताए। तीमध्ये एक जना  बालबालिका र एक वयस्क गम्भीर रूपमा घाइते भएका छन्।

मर्सीसाइड फायर एन्ड रेस्क्यु सेवाका प्रमुख निक सियरले जानकारी दिए अनुसार चार जनामा तीन वयस्क र एक बालबालिका गाडीको तलबाट निकाल्नु परेको थियो। सामान्य चोटपटक लागेका  २० जनालाई घटनास्थलमै सामान्य  उपचार गरिएको थियो।

स्थानीय प्रहरीले जानकारी दिएको अनुसार सहरको केन्द्रमा गाडीले थुप्रै पैदल यात्रीहरूलाई ठक्कर दिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार