बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

सभामुख आन्तरिक छलफलमा : संसद् अवरोध हटाउन पहल

विपक्षीले गृहमन्त्रीको जवाफलाई नभई राजीनामालाई प्राथमिकता दिए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
सभामुख आन्तरिक छलफलमा : संसद् अवरोध हटाउन पहल
काठमाडौं, जेठ १३ :

गृहमन्त्रीको राजीनामाको मागसहित विपक्षी दलको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। मंगलबारको बैठक आधा घण्टाका लागि स्थगित गरिएको भए पनि त्यसपछि पनि संसद् सञ्चालनमा आउन सकेको छैन।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा जिम्मेवार ठहर गर्दै राजीनामा माग गरेपछि संसद् अवरुद्ध भएको हो। उनीहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग पनि राखेका छन्।

विपक्षी सांसदहरूले ‘राजीनामा बिना संसद् अघि बढ्दैन’ भन्दै निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए। यतिबेला सभामुख संसद् पुनः सञ्चालनको लागि आन्तरिक छलफलमा जुटिरहेका छन्। उनी सत्तारूढ गठबन्धन, प्रमुख प्रतिपक्षी दल र संसदीय दलका नेतासँग निरन्तर संवाद गरिरहेका छन्।

सत्तापक्षका सांसदहरूले भने गृहमन्त्री आफैं संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको भन्दै उनलाई बोल्न अवसर दिनुपर्ने माग गरेका छन्। तर विपक्षीले जवाफको भन्दा पहिले राजीनामालाई प्राथमिकता दिनुपर्ने अडान लिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार