बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

नवराज सुवेदीले भने- प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ, चैत १५ को अवस्था नदोहरियोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ जेठ, २०८२ मा प्रकाशित
नवराज सुवेदीले भने- प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ, चैत १५ को अवस्था नदोहरियोस्
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी। फाइल तस्बिर।
काठमाडौं, जेठ १३ :

 जेठ १५ को लागि तय भएको राजसंस्था पुनर्स्थापनासहितको आन्दोलनलाई सरकारले असहिष्णुता देखाएको भन्दै राप्रपाका नेताहरूले आपत्ति जनाएका छन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले मंगलबार काठमाडौंमा सञ्चार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै चिन्ता व्यक्त गरे। ‘१५ चैतजस्तै अवस्था १५ जेठमा पनि नदोहरियोस् भन्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘तर प्रधानमन्त्रीको ‘काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्तिले असहिष्णुता देखाउँछ।’

सुवेदीले आन्दोलन अहिंसात्मक हुने स्पष्ट पारे पनि सरकारले भिडन्तको वातावरण बनाइरहेको दाबी गरे। ‘प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आफैँमा आपत्तिजनक छ, तपाईं पत्रकारहरू साक्षी बस्नुहोस्," उनले आग्रह गरे।

यता, राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजका लागि यो समय सबैभन्दा उपयुक्त रहेको बताए। उनले हालसम्म छुट्टाछुट्टै रहेका राजावादी धाराहरू अहिले एक ठाउँमा उभिन थालेको उल्लेख गर्दै यो ऐतिहासिक अवसर भएको बताए ।

थापाले वर्तमान सरकार गणतन्त्रको आलोचना गरेकै आधारमा 'राज्यद्रोह'को आरोप लगाउने कानुन ल्याउन खोजेको भन्दै त्यसको विरोध पनि गरे।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार