
रुपन्देही, जेठ १४ :
बुटवल उपमहानगरपालिका–११ होराइजन चोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ ।
अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाले जनाएको छ ।
आमा ३३ वर्षकी दिपा बस्याल र छोरीहरु ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानी रहेका प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०–३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना आज बिहान ४ बजेतिर भएको हो । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।