
काठमाडौं, जेठ १४ :
प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन।
बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि दलहरुबीच सहमति जुटिनसकेका कारण सुरु हुन नसकेको बताइएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएकाले राजीनामा दिनुपर्ने विपक्षी दलहरुले अडान लिएका छन् ।
गृहमन्त्री लेखको राजीनामा माग गर्दै विपक्षी दलहरूले हिजो पनि सदन अवरुद्ध गरेका थिए। सहमति जुटाउन बैठक पटक पटक सारेर सभामुखले प्रयास गरे पनि उनीहरु सकारात्मक नभए पछि बैठक आजसम्मलाई स्थगित गरिएको हो । विपक्षी दलको अडान कायमै हुँदा आज पनि बैठक सुरु हुन सकेको छैन।
विपक्षी दलहरु रणनीति तय गर्न छलफलमा जुटेका छन् । संसद् भवन बानेश्वरमा भएको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका विपक्षी दलका सांसदहरु सहभागि छन् ।