बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना #नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना
राजनीति

अझै सुरु भएन प्रतिनिधिसभा बैठक, विपक्षी दलहरूबीच छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
अझै सुरु भएन प्रतिनिधिसभा बैठक, विपक्षी दलहरूबीच छलफल
काठमाडौं, जेठ १४ :

प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन। 

बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि दलहरुबीच सहमति जुटिनसकेका कारण सुरु हुन नसकेको बताइएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएकाले राजीनामा दिनुपर्ने विपक्षी दलहरुले अडान लिएका छन् ।

गृहमन्त्री लेखको राजीनामा माग गर्दै विपक्षी दलहरूले हिजो पनि सदन अवरुद्ध गरेका थिए। सहमति जुटाउन बैठक पटक पटक सारेर सभामुखले प्रयास गरे पनि उनीहरु सकारात्मक नभए पछि बैठक आजसम्मलाई स्थगित गरिएको हो । विपक्षी दलको अडान कायमै हुँदा आज पनि बैठक सुरु हुन सकेको छैन।

विपक्षी दलहरु रणनीति तय गर्न छलफलमा जुटेका छन् । संसद् भवन बानेश्वरमा भएको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका विपक्षी दलका सांसदहरु सहभागि छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार