बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना #नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना
राजनीति

गृहमन्त्री लेखकले भने- संसद्मा बोल्न समय माग गरेको छु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
गृहमन्त्री लेखकले भने- संसद्मा बोल्न समय माग गरेको छु
गृहमन्त्री रमेश लेखक। फाइल तस्बिर।
काठमाडौं, जेठ १४ :

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिन समय माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलपछि उनले संसद्मा आफ्ना धारणा राख्न चाहेको जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू सहभागी थिए।

लेखकका अनुसार बैठकमा संसद् खुलाउनेबारे पनि छलफल भएको छ। सोही बैठकबाट प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरी संसद् खोल्ने विषयमा कुराकानी गरेका थिए।

‘संसद्मा बोल्न मैले समय माग गरेको छु,’ गृहमन्त्री लेखकले भने, ‘संसद् अगाडि बढ्ने कि नबढ्ने भन्ने कुरा अहिले प्रतिपक्षको निर्णयमा निर्भर छ।’

माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायत प्रतिपक्षी दलहरूको बैठक संसद् भवनमै जारी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार