बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

सदनमा विपक्षीको नाराबाजी, बैठक आधा घण्टालाई स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
सदनमा विपक्षीको नाराबाजी, बैठक आधा घण्टालाई स्थगित
काठमाडौं, जेठ १४ :

प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित गरिएको छ । विपक्षी दलहरूले उठेर नारावाजी गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।

बैठकको सुरुमा नै  विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद् अवरोध गरेका थिए । स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने उनीहरुको माग छ ।

सभामुख घिमिरेले  बैठक सञ्चालनका लागि पटक-पटक आग्रह गर्दा पनि विपक्षी दलहरूले निरन्तर अवरोधपछि उनले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार