बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति अर्थतन्त्र

सदनमा बजेट पेस गर्दै अर्थमन्त्री पौडेल

‘संसद् अवरुद्ध गर्दै आएका विपक्षी दलहरुले बजेट प्रस्तुत गर्न भने दिने’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
सदनमा बजेट पेस गर्दै अर्थमन्त्री पौडेल
काठमाडौं, जेठ १५ :

आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट आज (बिहीबार) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै छ ।

आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २:४५ बजे अगाडि नै  प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।

त्यसअघि प्रतिनिधिसभाको अपराह्न १:३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

त्यसैगरी राष्ट्रियसभाको अपराह्न १:४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले बजेट प्रस्तुतिका लागि भने सहमति जनाएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमार्फत नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक प्रचलन छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार