बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति

प्रदर्शनको समय तोकियो : एमालेलाई दिउँसो २ बजेसम्म, त्यसपछि राजावादीको पालो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ जेठ, २०८२ मा प्रकाशित
प्रदर्शनको समय तोकियो : एमालेलाई दिउँसो २ बजेसम्म, त्यसपछि राजावादीको पालो
काठमाडाैं, जेठ १४ :

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिका लागि सत्तारुढ नेकपा (एमाले) र राजावादी समूहको प्रदर्शनका लागि छुट्टाछुट्टै समय तोकेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले एमालेलाई दिउँसो २ बजेसम्म गणतन्त्र दिवसको उत्सव मनाउन अनुमति दिएको छ भने त्यसपछि राजावादी समूहलाई प्रदर्शन गर्न समय निर्धारण गरिएको हो।

दुवै पक्षले रत्नपार्क क्षेत्रलाई केन्द्र बनाएर कार्यक्रम गर्ने अडान लिएपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको संयोजनमा एमालेलगायत राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेर सहमति जुटाइएको हो।

राजावादीले संघीयता खारेज, राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाजस्ता मागसहित सात ठाउँबाट र्‍याली निकाल्ने तयारी गरेका छन्। हरेक प्रदेशबाट छुट्टाछुट्टै र्‍यालीसहित शीर्ष नेताहरूको नेतृत्व रहनेछ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीले सम्भावित अप्रिय घटना रोक्न कडा सुरक्षा व्यवस्था मिलाइएको जनाएका छन्। ‘कानुनअनुसारका कार्यक्रमलाई सुरक्षा दिने र उल्लंघन भए कारबाही हुने’ एसएसपी अधिकारीले बताएका छन्।

एमाले सांस्कृतिक कार्यक्रममार्फत गणतन्त्र उत्सव मनाउने तयारीमा छ भने राजावादीले सोही स्थानमा अहिलेको शासन व्यवस्थाविरुद्ध आक्रोश पोख्ने जनाएका छन्।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार