
मकवानपुर, जेठ १५ :
मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।
अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताएका छन् ।
सुख्खा पहिरो आज बिहान ३ बजे खसेको हो ।